CINEMANEWS

सानो मनमा रानु कम्मर

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी असार २० गते रिलीजमा आउने सिनेमा सानो मन २० ले रिलिज डेट घोषणासहित रानु कम्मर बोल गीतकोको भिडियो आईतबार राजधानीमा आयोजित एक समारोहबीच रिलिज गरेको छ। गीतको भिडियोलाई हाई टेक इन्टरटेनमेन्ट च्यानलबाट रिलिज गरिएको हो।
गीतमा आयुशमान देसराज जोशी, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहाडी, रश्मी भट्टलगायतको नृत्य छ। गीतको भिडियो बलिउडका साजन सिंहले कोरियोग्राफी गरेका छन्। उनी बलिउड अभिनेता सलमान खानका नीजि डान्स ट्रेनर हुन्।
सुयोग गुरुङको डेब्यु निर्देशनमा बनिरहेको सिनेमा सामाजिक प्रेम कथामा आधारित छ । सुयोग सोताङ र रोमन बज्राचार्यको संगीत, रोेमन तथा रबी मल्लको शब्द रहेको गीतमा निर्देशक सुयोग गुरुङ, सिम्मा राई र रोमनको स्वर रहेको छ।
विभिन्न पार्टीमा बज्ने यो गीतमा नायक आयुषमान देसराज जोशीको नृत्य प्रसँसनीय छ। आगामी असारमा अभिनेत्री प्रियँका कार्कीसँग हुने आफ्नो विवाहमा यही गीतमा आफु नाच्ने आयुशमानले बताएका छन्।
गीतमा अभिनेत्री शिल्पा मास्केको नृत्य पनि आकर्षक छ। यो गीत र सिनेमामा काम गर्दाको अनुभव सुनाउँदै शिल्पाले गीत र भिडियो राम्रो बनेको बताईन्।
अभिनेत्री गौरी मल्लले यो गीतमा आयुशमानको नृत्यले आफुलाई दिवँगत अभिनेता श्रीकृष्ण श्रेष्ठको नृत्यको झझल्को दिएको बताईन्। उनले यो गीतमा श्रीकृष्णको स्तरको नृत्य आयुशमानले गरेको जिकिर गरिन्।
निर्देशक गुरुङले सिनेमामा अरु चार गीत रहेको र सिनेमा संगीतप्रधान प्रेम कथामा केन्द्रित रहेको जानकारी गराए। निर्माता राजेन्द्र मानन्धरले आफहरुले यो फिल्मलाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए।
सानो मनलाई आलोक सुक्लाले खिचेका छन्। सिनेमा योगेश गुरुङ, राजेन्द्र मानन्धर, राजिब श्रेष्ठ र सरद श्रेष्ठले निर्माण गरेका हुन्। सिनेमामा शिषिर वाङदेल, सक्षमकृष्ण श्रेष्ठ, कृष्णभक्त महर्जन, लक्ष्मी भुषाल, प्रकाश श्रेष्ठ र देवकुमार श्रेष्ठलगायतले अभिनय गरेका छन्।

https://youtu.be/ANy6NimqGZ4

Related Articles

Check Also
Close
Back to top button