MUSICNEWS

तिम्रो मिठो मायाले भिडियोसहित सार्वजनिक

 

सिनेमा संसार संबाददाता
काठमाडौँ
गायक गायिका हर्क चाम्लिङ र अनु चौधरीको स्वरमा तिम्रो मिठो मायाले बोलको गीत हालै भिडियोसहित सार्वजनिक गरिएको छ। सौगातजंग थापाको संगीत र उत्तम बर्तौलाको शब्द रहेको गीत विशाल निरौलाले एरेन्ज गरेका हुन्।विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र सोफिया दरेलले अभिनय गरेका छन्। केशवराज भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन र दिन्सन शाहको सम्पादन रहेको छ।

हर्क चाम्लिङ अफिसियल युट्युब च्यानबाट सार्वजनिक गरिएको गीतका निर्माता देवी राई हुन्।

Related Articles

Check Also
Close
Back to top button