BOLLYWOODHOLLYWOODNEWS

सलमान र रश्मीका अब एकै फिल्ममा

सिनेमा संसार संवाददाता
काठमाडौं
बलिउड अभिनेता सलमान खान र अभिनेत्री रश्मीका अब एकै फिल्ममा रोमान्स गर्ने भएका छन्। आफू भन्दा ३० वर्ष कान्छी अभिनेत्रीका साथ रोमान्स गर्न लागेका सलमानले यसै ईदमा आफ्नो नयाँ फिल्म सिकन्दर निर्माण घोषणा गरेका थिए। सो फिल्मको घोषणापछि मानिसहरुमा अब सलमानले कसलार्इं हिरोईन लिन्छन भन्ने आम मानिसको कौतुहलता थियो। अब सलमानकी हिरोईनको तय भएको छ। फिल्मका निर्माताले ईन्स्टाग्राममा दक्षिण भारतिय फिल्म उद्योगकी चर्चित अभिनेत्री रश्मीका मन्दनालाई फिल्मको अभिनेत्रीको रुपमा लिएको घोषणा गरेका छन्। यस भन्दा अघि रश्मिकाले फिल्म एनिमलमा काम गरेकी थिइन जुन निकै सफल भएको थियो। सन् २०२५ को इदमा प्रदर्शन हुने भनिएको फिल्ममा सलमान र रश्मिकाको जोडी हेर्न दर्शकहरु उत्साहित देखिएका छन्।रश्मीकाले पनि फिल्मको घोषणाबारेको प्रतिक्रिया दि“दै सिकन्दरको हिस्सा बन्न पाउ“दा खुसी व्यक्त गरेकी छन्।एआर मुरुगाडोसकोे निर्देैशन र साजिद नाडियाडवालाको निर्माण रहनेछ।

Related Articles

Check Also
Close
Back to top button