MUSICNEWS

पल र आँचलको भ्यालेन्टाइन भिडियो

सिनेमा संसार संवाददाता
काठमाडौं
भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर गीतकार सुरेश वाग्लेले एउटा रोमान्टिक यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको यूगल स्वरको मायामा तिम्रो शीर्षकको गीत सोमबार बिहान यूट्युबमार्फत सार्वजनिक गरिएको हो।
संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध गीतको शब्द सुरेश वाग्ले तथा मेघराज लगुनले रचना गरेका छन्। संगीतकार सुमित विश्वकर्मालेसंगीत संयोजन गरेको गीत कोलकाता तथा काठमाडौंमा रेकर्ड गरिएको हो।
बिकास सुवेदीद्वारा निर्देश्ँन गरिएको यसको म्युजिक भिडियोमा अहिलेका सबैभन्दा रोमान्टिक जोडी अभिनेता पल शाह तथा अभिनेत्री आ“चल शर्माले अभिनय गरेका छन्। अभिनेता शाहले यो म्युजिक भिडियोप्रति उत्साहित भएको प्रतिक्रिया दिएका छन् भने अभिनेत्री शर्माले पनि थुप्रै म्युजिक भिडियोमध्ये प्रस्तुत गीत तथा म्युजिक भिडियो आफ्नो रोजाइमा परेको प्रतिक्रिया दिएकी छिन्। भिडियोमा गीतकार सुरेश वाग्ले तथा सुशिल काफ्लेले पनि अभिनय गरेका छन्।
अनिल के मानन्धरद्वारा छायांकन गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। गीतकार वाग्लेको हालै सार्वजनिक भएको अञ्जु पन्त र मनोजराज सिवाकोटीद्वारा स्वरवद्ध गजल सम्झे पनि दर्शक तथा स्रँेतामाझ लोकप्रिय भएको थियो। यसै वर्षको प्रँरम्भमा गीतकार वाग्लेले आफ्ना एकल रचनाको गजल एल्बम तिमी साथ भएपछि काठमाडौंमा लोकार्पण गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button