MUSICNEWS

ज्योती कोइरालाले ल्याईन ८६ वर्षमा पहिलो गीति संग्रह

बाल अस्पताललाई पच्चिस लाख सहयोग

सिनेमा संसार संवाददाता
काठमाडौ
जिवनमा केही कुरा गर्ने इच्छाशक्ति भयो भने उमेर छेक्दैन भन्ने कुरा ८६
बर्षिया ज्योती कोइरालाले पुष्टि गरेकी छन्। उमेरले ८६ बर्षकी ज्योतीको जोश जा“गर भने कुनै तन्नेरीको भन्दा कम छैन्। उमेरले सा“ढे आठ दशक नाघेकी उनले आफ्नो पहिलो सृजना स्वरुप गीतिसंग्रह ज्योतीको संगालो ल्याएकी छन्।
बुधवार काठमाडौमा आयोजित एक कार्यक्रम बिच पुर्वमन्त्री परिसद अध्यक्ष खिलराज रेग्मी, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला , लोकगायक बम बहादुर कार्की लगायतले उनको गीति सग्रहको बिमोचन गर्े।
पुरानो स्थानीय लयहरु संकलन गरि गाइएको ६ वटा गीतहरु रहेको गिती अडियो एलबममा दीपक शर्माको एकल संगीत रहेको छ। बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको गीति संग्रहमा समावेश एक एउटा गीतको भिडियो समेत निर्माण भएको छ।
कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारेमा प्रस्ट पार्दै ७ दशक अघीको परिवेशलाई गीतहरुमा समेटिएको बताईन्।
कार्यक्रममा ज्योती कोईराला र उनकमा पति ठाकुर प्रसाद कोईरालाले डा. भगवान कोइरालाको अध्यक्षतामा निर्माणाधीन काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग स्वरुप प्रदान गर्नुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै ठाकुर प्रसादले आफ्नी पत्नी ज्योतीले विहान बेलुका गीत गुनगुनाउने गरेको पाएको र सो बारे कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको भाकाहरुलाई औपचारिकता दिदै गीति संग्रह निकालिएको बताए ।
त्यस्तै लोक गायक बम बहादुर कार्कीले ज्योतीको सङालोमा तिज भाकाका पुराना गितहरु संग्रहित गरिएको र ज्योती जस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गितको जगेर्ना गर्न सकिने बताए।

Related Articles

Back to top button