MUSIC

पल, पुष्पल र निराजनसँग दीपिका

सिनेमा संसार संवाददाता
काठमाडौं
अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङको शब्दहरुमा नयाँ आधुनिक गीत आदत–२ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
युवा गायक सुमन केसीको स्वरको गीतमा शंकर थापा स्माइलको कर्णप्रिय संगीत सुन्न सकिन्छ। भावसागर ईन्टरटेनमेन्ट एलएलसीद्वारा प्रस्तुत म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। भिडियोमा अहिलेका चर्चित अभिनेताहरु पल शाह, पुष्प खड्का तथा निराजन प्रधानले अभिनय गरेका छन्। यी तीन चकलेटी अभिनेतालाई सुन्दर अभिनेत्री दीपिका प्रसाईंले साथ दिएकी छिन्। झण्डै एक साता लगाएर छायांकन गरिएको भिडियोमा झण्डै १० लाख रुपैयाँ लगानी गरिएको बताइन्छ। भिडियोमा अनुराग ठकुरीको समेत विशेष भूमिका छ।
सुरेश काफ्लेद्वारा ड्रोन सञ्चालन गरिएको उक्त भिडियोलाई अर्जुन तिवारी, बुद्ध थापा तथा समुहले छायांकन गरेको हो। भिडियोमा विजय बस्यालको भिएफएक्स छ भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन्। राजिव समर भिडियोका कोरियोग्रँफर हुन्। टौवा क्रिएसनले उक्त भिडियो निर्माण गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button