MUSICNEWS

६० कलाकारलाई प्रज्ञा प्रतिष्ठानको परिचयपत्र

सिनेमा संसार संवाददाता
काठमाडौं
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलेसङ्गीत तथा नाट्य विधामा अथक साधना मार्फत समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै सम्बन्धित विधासँग सम्बन्धित अग्रज श्रष्टा, कलाकारहरुलाई सम्मान गर्ने अभिप्रायले ६० जना प्रतिष्ठित श्रेणीका श्रष्टा कलाकारलाई परिचयपत्र वितरण गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले साहित्य, कला, सङ्गीत र नाट्य मौलाएको देश मात्र खुशी हुने र यी विधाहरुको विकासले समृद्ध नेपाल सुखी नेपाली बनाउन सहयोग पु¥याउने बताए।
कार्यक्रममा कुलपति भक्त श्रेष्ठ (सरुभक्त) ले कलाकारलाई सुविधा उपलव्ध गराउनेमा प्रज्ञा प्रतिष्ठान प्रयत्नरत रहेको जानकारी गराए। कुलपति सरुभक्तले श्रष्टा तथा कलाकारहरुको सिर्जना नै पहिचान रहेको र राज्यले प्रदान गर्ने श्रष्टा तथा कलाकार परिचय पत्रले थप पहिचान पु¥याउनमा सहयोग पुग्ने बताए। त्यसै गरी प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले श्रष्टा तथा कलाकार परिचयपत्र कलाकारहरुको एउटा परिचयात्मक प्रतिक भएको र यसले कलाकारहरुलाई पहिचान गराउनुका साथै विभिन्न स्थानमा परिचय प्रदान गर्नका लागि सहज हुने बताए।
कार्यक्रममा प्राज्ञ आलोक श्री, प्राज्ञ भरत नेपाली, प्राज्ञ चेत नारायण राई, प्राज्ञ सकुन्तला प्रधान, प्राज्ञ हरि बहादुर थापा, प्राज्ञ शान्तिराम राई, प्राज्ञ यज्ञराज उपाध्यय, बाबा बस्नेत, बसन्त प्रसाद भट्ट, विश्व बल्लभ, सि.के रसाइली, चुणामणी देवकोटा, कुन्ती मोक्तान, ईश्वर अमात्य, मिलन मोक्तान, नन्दकृष्ण जोशी, नारायण कुमार आचार्य, नारायण रायमाझी, शम्भु राई, शिला बहादुर मोक्तान, उज्ज्वल शर्मा भण्डारी, विजय विष्फोट, लक्ष्मी श्रेष्ठ, मदनसिंह नेपाली, प्रेमनाथ अधिकारी, शुभबहादुर सुनाम, श्याम प्रसाद खडकी, सिन्धु जलेसा बुढाथोकी, सुनिल मास्के, योगेन्द्रमणी दाहाल लगायतका ६० जना प्रतिष्ठित श्रेणीका कलाकालाई श्रष्टा परिचय प्रदान गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button