CINEMANEWS

खुल्यो केटी हराएको सूचनाको बुकिङ

सिनेमा संसार
काठमाडौं
आगामी शुक्रबार रिलिज हुने सिनेमा मिसिङः केटी हराएको सूचनाको बुकिङ खुला भएको छ।
नेपालको मल्टिप्लेक्स चेन क्यूएफएक्समा सिनेमाको लागि अग्रिम बुकिङ खुला गरिएको हो। नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर सिनेमाका लागि क्युएफएक्सले उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ गरी ६० शो दिएको छ। जसअनुसार उपत्यकाअन्तर्गत भक्तपुरमा ४, छायाँ सेन्टरमा ४, सिटी स्क्वायर मलमा ४, सिभिल मलमा ४, दरबार सिनेप्लेक्समा २, लबिम मलमा ४ र राइजिङ मलमा ३ शो छन्।
उपत्यकाबाहिर विराटनगरमा ३, भाटभटेनी बुटवलमा ४, नेपालगञ्जको बागेश्वरीमा ३, नारायणगढको सिजी मलमा ४, जलमामा ३, बिर्तामोडको वान स्टपमा ४, दमौलीमा ३, इटहरीको सिनेप्लेक्समा ४, वीरगञ्जको स्काइलाइन मलमा ३ र पोखराको ट्रेड मलमा ४ शो छन्।
ट्राई सिटी पिक्चर्सको व्यानरमा निर्मित सिनेमा दीपेन्द्र गौचनको लेखन र निर्देशनमा बनेको हो।
सिनेमामा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण, अमितेष शाहलगायतले अभिनय गरेका छन्।

 

Related Articles

Check Also
Close
Back to top button