NEWS

छवि र शिल्पालाई लाग्यो बहुविवाहको आरोप

सिनेमा संसार संवाददाता
काठमाडौं
निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध बिहे गरेको ३ वर्षपछि बहुविाहको आरोप लागेको छ।
छविको पहिलो पत्नी हेमा ओझाले छवि र शिल्पाविरुद्ध प्रहरीमा बहुविवाहको जाहेरी दिएकी छन्। हेमाले आईतबार महानगरीय प्रहरी बृत्त गौशालामा जाहेरी दिँदै छवि र शिल्पालाई तत्काल पक्राउ गरेर कारवाही अगाडि बढाउन माग गरेकी छन्। तर प्रहरीले उनलाई प्रहरी महिला सेल कालिमाटीको बाटो देखाईदिएको छ।
उनले छवि र शिल्पाबीच बिबाह भएको ३ वर्षपछि उनीहरुविरुद्ध जाहेरी दिएकी हुन् भने आफुहरुबीच बैबाहिक सम्बन्ध गाँसिएको ३५ वर्षपछि जाहेरी दिएकी हुन्। हेमाले २०४१ सालमा आफुहरुबीच विबाह भई २ सन्तान राजिव र महेश भएको, आफुहरुबीचको सम्बन्ध सामान्य रहँदा रहँदै छविले शिल्पासँग बिबाह गरेको उल्लेख गरेकी छिन्।
विभिन्न समयमा विभिन्न महिलाहरुसँग जोडेर विभिन्न व्यक्तिहरुले सुनाएपछि त्यसबारे प्रश्न राख्दा छविल सत्यता त्यस्तो नभएको बताउने गरेको र पछिल्लो समयमा शिल्पा पोखरेलसँग छविको सम्बन्ध रहेको भन्ने हल्लाहरु आएपछि ओझासँगसोध्दा के छ तिमीसँग हामीले बिबाह गरेको प्रमाण्? भनी उल्टो प्रतिप्रश्न गरेको तर गत साउन ३ गते छविकै कार्यालयका कर्मचारीमार्पmत छवि र शिल्पाबीच बिबाह भई बिहे दर्ता गरेको कागजात फेला पारेको जाहेरीमा उल्लेख गरेकी छिन्। उनले छवि र शिल्पाबीच २०७५ साल पौष ११ गते विबाह दर्ता गरेको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी फेला पारेपछि जाहेरी दिएको जाहेरीमा उल्लेख गरेकी छिन्।
त्यसअघि शिल्पाले घरेलु हिंसा गरेको आरोपमा छविविरुद्ध प्रहरी गुहारेकी थिइन् भने पछि सम्बन्ध विच्छेदका लागि कानुनी प्रक्रिया शुरु गरेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button