CINEMAMUSICNEWS

पुजार सार्कीको जाऊँ माया सार्वजनिक

सिनेमा संसार संवाददाता

काठमाडौं

आगामी जेठ १० गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा पुजार सार्कीको नयाँ गीत जाऊँ माया सार्वजनिक भएको छ ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल अञ्जना बराइली फिचर्ड छन्। सिनेममा आर्यन पुजार र अञ्जना उनकी प्रेमीकाको भूमिकामा छिन्। अन्तरजातीय प्रेम सम्बन्धमा हुने कठिनाईलाई प्रस्तुत गरिएको गीतमा मैतबहादुरको भूमिकामा रहेका प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बु पनि फिचर्ड छन्। बी पाण्डको शब्द रचना रहेको गीतमा केतन क्षेत्रीको स्वर र सुवास भुसालको संगीत रहेको छ।

यस अघि सिनेमाको रोमान्टिक गीत सार्वजनिक गरिएको थियो ।  सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ । दिनेश राउत निर्देशित फिल्मले जातीय विभेदविरुद्धको संघर्षको कथा पेश गर्छ । फिल्मलाई विकास सुवेदीले लेखेका छन् ।

Related Articles

Check Also
Close
Back to top button