CINEMANEWS

रामकहानीलाई गोपीकृष्णमा दिइएको थियो ६ सय सिट

सिनेमा संसार संवाददाता
काठमाडौं
गोपीकृष्ण मुभिजले आफ्नै सिनेमा रोज को रिलीज भएकाले रामकहानीलाई सो हलमा प्रर्दशन गर्न नदिईएको आरोपको खण्डन गरेको छ।
रामकहानीको निर्माण पक्षले रामकहानीका लागि गोपीकृष्ण मुभिजले एक सय सिटको हल उपलब्ध गराएको भनी गलत प्रचार गरिएकोप्रति गम्भिर ध्यानाकृष्ट भएको भन्दै रोजका निर्देशक तथा कार्यकारी निर्देशक रहेका निरक पौडेलले प्रेस विज्ञप्तिमार्पmत यस्तो गलत प्रचारबाजीले सिनेमा क्षेत्रमा नै भ्रम पर्ने भएकाले स्पष्ट पारेको जनाएका छन्।
विज्ञप्तिमा गोपीकृष्ण मुभिजमा एक सय सिटको कुनै पनि हल नभएको तथा रामकहानीका लागि ओम, नम र शिवाय गरी ३ ६ सय ६३ सिट क्षमता भएका हल उपलब्ध गराईएको र दर्शकहरुको चाप बढेको खण्डमा गोपी र कृष्ण हलसमेत थपिदिने प्रतिवद्धता पनि जनाइएको उल्लेख गरेका छन्। ‘रामकहानीलाई गोपीकृष्ण मुभिजमा प्रर्दशन नगर्ने सोच भएको भए रामकहानीको ब्यानर गोपीकृष्ण मुभिजमा लाग्ने नै थिएन। अर्काे कुरा सोही दिनदेखि गोपकृष्ण मुभिजको निर्माणमा बनेको रोज पनि प्रर्दशनमा आएको छ। आफ्नै चलचित्र प्रदर्शन हुँदा पनि यतिसम्मको लचकताका बावजुद, रामकहानी गोपिकृष्ण मुभिजमा प्रर्दशन गराउन नखोज्नु आफँैमा आश्चर्य जनक छ। यसरी विना कारण गोपीकृष्ण मुभिजलाई बदनाम गराउने नियतबाट प्रेरित भई आएका टिप्पणीहरुप्रती हाम्रो गम्भिर ध्यानाकर्षण भएको हुँदा यस्तो भ्रम र गलत प्रचारमा विश्वास नगर्न हुन सवैमा हार्दीक अपिल गर्दछौँ। रामकहानी टिमलाई थप सहयोगको आवश्यक परे गोपीकृष्ण मुभिज सहयोगका लागि सदैव तयार रहेको जानकारी गराउनका साथै रामकहानीको सफलताको समेत कामना गर्दछाँै। भ्रम छर्न तिर लाग्नुभन्दा स्वच्छ प्रतिश्पर्धामा लाग्दा नै समग्र सिनेमा क्षेत्रको प्रतिष्ठा कायम रहने हँुदा तथ्य, सत्य बुझेर मात्रै टिका टिप्पणी गरिदिन हुन सम्बन्धित सवैमा हार्दिक अपिल समेत गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button