NEWS

लाहुरेको कथामा रुमालै छ चिनो

सिनेमा संसार सवाददाता
काठमाडौं
रुमालै छ चिनो नामक सिनेमाको ट्रेलर सार्वजनिक गरिएको छ। नेपाली लाहुरेहरुको कथा बोल्ने सिनेमाका ट्रेलरमा नायक सुशान्त कार्की भारतिय लाहुरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन्। यसभन्दा अघि यो सिनेमाको ए माया बोलको पहिलो गित सार्वजनिक गरिएको थियो।
कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित रुमालै छ चिनोबाट यो सिनेमाको नाम राखिएको हो। जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो। सिनेमामा लेखन रेशम थापाको रहेको छ भने किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारको अभिनय रहेको छ। ज्वती फिल्म्स्को ब्यानरमा बनेको यस सिनेमालाई चन्द्र ब खड्का, दीपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन्। सिनेमाको निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन्। सिनेमा फागुन १० मा रिलीज हुँदैछ।

Related Articles

Check Also
Close
Back to top button