EVENTFASHIONNEWS

हेरिटेज पेजेन्ट्स सिंगापुरमा हुने

सिनेमा संसार संवाददाता
काठमाडौं
विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सुरु भएको सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टस्को नयाँ संस्करण सुरु भएको छ।
आयोजक ईप्लानेट सिंगापुरले एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको नयाँ संस्करणको तयारी सुरु भएको जनाएको हो। आगामी नोभेम्बरमा थाइल्याण्डमा हुने प्रतियोगिताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहनेछन्। आवेदन समेत खुल्ला गरिएको प्रतियोगीताको कार्यक्रम संयोजक सुसान सनफुर्मी कोह र स्थानिय कोअडिनेटर फन्तिप सृवारान्यो रहेका छन्। प्रतियोगीतामा मिस तर्फ १८ देखि २८ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागीता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए।
ईप्लानेट नेपाल सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो। ईप्लानेटले देशभित्र क्षेत्रिय एवं राष्ट्रियस्तरमा विभिन्न सौन्दर्य प्रतियोगिता, सभा सम्मेलन, प्रदर्शनी एवं कर्पोरेट इभेन्टको व्यवस्थापन गर्दै आएको छ।

Related Articles

Back to top button