MUSICNEWS

भ्वाइस अफ नेपाल माघ ४ बाट

सिनेमा संसार
काठमाडौं
सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ६ को प्रसारण आगामी माघ ४ गतेबाट हुने भएको छ।
हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे र भ्वाइस अफ नेपालको युट्युब च्यानलमा साढे ८ बजे कार्यक्रम प्रसारण हुने शोका निर्देशक लक्ष्मण पौड्यालले जानकारी गराएका छन्।
निर्देशक पौड्यालका अनुसार यसपटक पनि गएका सिजनहरुजस्तै बिभिन्न राउण्ड कायमै रहेका छन्। साथै यसपटक केहि कोच परिवर्तन भएका छन्। यसपटक लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका मेलिना राई नयाँ कोचको रुपमा भित्रिएका छन् भने यसअघि कोच बनिसकेका राजु लामा र उदय सोताङ पनि शोमा छन्। ब्लाइण्ड अडिसनमा ६१ जनाले प्रतिस्पर्धा गर्नेछन्।

Related Articles

Check Also
Close
Back to top button