MUSIC

तीज गीतमा मेरी बास्सैका कलाकार

सिनेमा संसार संवाददाता
काठमाडौं
हरितालिका तीजको अवसर हास्य टेलिसियल मेरी बास्सैका २ कलाकारको अभिनय रहेको तीजको गीत सार्वजनिक भएको छ। माईतीको भाईलाई बोलको गीतमा मेरी बास्सैका लेखान्त भुषाल उर्फ ‘घिरौँले’ र दिवाकर भण्डारी उर्फ ‘सापटी काका’ को अभिनय रहेको छ। उनीहरुले भिडियोमा गज्जबले हसाँएका छन्।
बिष्णु कार्की, दिवाकर भण्डारी र सीता क्षेत्रीको शब्द तथा स्वर रहेको गीतमा गायक भण्डारीकै संगीत छ। दिवाकर र लेखान्तको निर्देशनमा बनेको भिडियोलाई दीपक मन उदासले खिचेका छन् भने उदास भिडियो मिक्सिङ सेन्टर पोखराले भिडियो सम्पादन गरेको हो। भिडियो पोखरामा छायांकन भएको हो ।

Related Articles

Check Also
Close
Back to top button