MUSIC

शिरविन्दुको भिडियो

सिनेमा संसार संवाददाता
इटहरी । गायक नन्दु गुरुङको गीत शिरबन्दीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
अनील धिरुलको शब्द र देव गुरुङको संगितमा रेकर्ड भएको गितको भिडियो जमर्को युट्युव च्यानलबाट हालै सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा मोडलहरुलाई किराँती रितिरिवाज र संस्कृति झल्काउने चरित्र र भेषभुषामा प्रस्तुत गरिएको छ ।
गित राजु कार्किले एरेन्ज गरेका हुन् । ताराविर पाण्डेले निर्देशन गरेको भिडियोलाई मुहा सिं थापा मगरले छायाँकन गरेका छन् भने करण धिताल, प्रेमचन्द्र गुरुङ (पी.सी.), विद्या लिम्बू, बिजय लिम्बू, कान्छी तमु, कुसुम गुरुङ, ललित गुरुङ, प्रदीप दाहाल, भरत राई, प्रनय गुरुङ, शरण गुरुङ, मनोज गुरुङ, एनवी गुरुङलाई फिचर्ड गरिएको छ ।

Related Articles

Back to top button