
सिनेमा संसार
काठमाडौं
राजधानीमा हालै आयोजित एक विशेष कार्यक्रममा “तिम्रो याद” शीर्षकको गीत सार्वजनिक गरिएको छ। यो गीत राजेन्द्र सुवाल र विपना शाक्यको आवाजमा तयार गरिएको हो।
बिआर प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको उक्त गीत तथा भिडियो क्रियटिभ डि स्टुडियो, मैतीदेवीमा सार्वजनिक गरिएको हो। कार्यक्रमको प्रमुख अतिथि गायक जुजुकाजी रञ्जित रहेका थिए।
गीतमा पवन कुमार बुढाथोकीको शब्द र बुद्ध सायमीको संगीत रहेको छ। भिडियोलाई सुरेन्द्र मानन्धर र शिवानी बज्राचार्यले निर्देशन गरेका हुन् भने अभिनय किरण जोशी र भिन्तुना जोशीले गरेका छन्। इन्द्र मानन्धरले भिडियोको सम्पादन गरेका छन्। यो म्युजिक भिडियो अडियो नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ।