CINEMANEWS

रिमेकमा आयो मात चढेको साँझ

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी भाद्र ६ गते अल नेपाल रिलीज हुने फिल्म जाइराको आइटम गीत रिलीज भएको छ। शुक्रबार इन्टरनेटमा रिलीज यो मात चढेको साँझ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ। यो गीत पुरानो सिनेमा मनको बाँधमा रहेको गीतको रिमेक हो। उक्त चलचित्रमा रहेको गीतमा मिरा राणाको स्वर रहेको थियो।
गीतमा गीतकार किरण खरेलले शब्द रहेको छ भने शिव शंकरको संगीत रहेको छ। जाइराको लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन्। तत्कालिन शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्दे्शित मनको बाँध सन् १९७४ मा रिलीज भएको थियो । यो मात चढेको साँझमा तनुजा गुरुङ्गले दमदार नृत्य गरेकी छन्। कोरियोग्राफर गोबिन्द राई हुन्। तनुजालाई अडिसनमार्फत यो गीतमा नृत्यको लागि छनौट गरिएको थियो।
जाइरामा नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन्। पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठले यस सिनेमामा भने आफुलाई एक्सन रुपमा प्रस्तुत गरेकी छिन। सिनेमा आशुतोषराज श्रेष्ठले निर्देशन गरेका छन्। सिनेमामा नम्रताको साथमा अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन्। पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनले लेखेका छन्। कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्ड सेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको हो। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको सिनेमालाई बाबु श्रेष्ठले छायांकन तथा लोकेश बज्रचार्यले सम्पादन गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button