MUSICNEWS

गजमेरको कृति सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
संगीतकार रन्जित गजमेरको पहिलो अडियो एल्वम कृति सार्वजनिक भएको छ। म्यूजिक नेपालको प्रस्तुति रहेको कृति सोमबार सार्वजनिक गरिएको हो। एल्बममा ७ गीतहरु छन्।
कुशुम गजमेरको शब्द तथा नवगायिका आशा स्वरुपाको स्वर रहेको एल्बम कृतिमा पुरानै लोकभाका सुन्न सकिन्छ। साथै चर्चित व्याण्ड कन्दराका लोकप्रिय गायक विवेक श्रेष्ठको स्वरमा रहेका गीतहरु पनि यस एल्वममा समावेश छन्।
नहुने केहि छैन, सिमसिमे पानीमा, तिमीविनालगायतका गीतहरु यस एल्बममा समावेश छन्। ४० का दशका नेपाली सिनेमामा एकछत्र राज गर्ने गजमेर लामो समयपछि फेरि फर्केर आएका हुन् कृतिमार्फत।
गजमेरले यस एल्बममार्फत नेपाली गीतकाव्य आकाशका ध्रुवतारा अगम सिंह गिरीलाई पनि एउटा गीतमा आवद्ध गराइएका छन्। रन्जित र कुशुमको जोडीलाई मायाको बाटो खोलीदिने गीत संगीत उमारिदिने सांगीतिक जोडीका रुपमा लिने गरिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button