MUSICNEWS

अश्लील शब्द र हाउभाउ सहितको भिटेनको गीत ट्रेन्डिङमा

भिडियो सहित

सिनेमा संसार संवाददाता
काठमाडौं
हामी यस्तै हो नि ब्रो गीतमा अश्लील शब्द र  समाजमा अपाच्य हुने हाउभाउ सहित प्रस्तुत भए पछि केही वर्ष अगाडि पक्राउ समेत परेका थिए र्‍यापर तथा गायक समीर घिसिङले फेरी त्यस्तै खालको गीत ल्याएका छन् । उनको डन्ट जज मि बोलको नयाँ गीतमा पुरानो गीतलाई माथ दिने शब्द र हाउभाउ प्रस्तुत गरिएको छ। अचम्म लाग्दो कुरा त के छ भने राम्रा राम्रा गायक र संगीतकारले निकै मेहनत गरेर निर्माण गरेको गीतले यु्ट्युवमा सामान्य भ्यूज पाउन गाह्रो भएको बेला छाडा र अश्लील शब्द सहितको भिटेनको गीत भने युट्युवमा ट्रेन्डिङमा परेको छ । गीतको भिडियोमा भिटेनको सोनार श्रेष्ठको अभिनय छ । भिडियोको परिकल्पनाकार तथा निर्देशक पनि भिटेन आफै रहेका छन्। दुई साता अगाडि सार्वजनिक गीत अहिले युट्युवको दोस्रो नम्बरमा रहेको छ।

Related Articles

Check Also
Close
Back to top button