CINEMANEWS

ट्रेलरमा आयो रोमियो एण्ड मुना

सिनेमा संसार संवाददाता
काठमाडौं
अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको रोमान्स रहेको प्रेमकथामा बनेको सिनेमा रोमियो एण्ड मुनाको ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटल ट्रेलर सार्वजनिक गरेको हो।
आर्टका दृश्यले बिशेष स्थान पाएको ट्रेलरमा राखिएको रोमान्स, प्रेम, पिडा, एक्सनका दृश्य दर्शकमा कौतुहलता जगाउने खालका छन्। प्रचार प्रसारका लागि ट्रेलर महत्वपुर्ण हुने भएकोले चलचित्र भित्र रहेका रहेका केही भेराइटी समेट्ने प्रयास गरेको निर्माता प्रशन्न गोपालीले बताए।
११ साउनबाट प्रदर्शनमा आउने सिनेमा युनिट चितवनमा तिम्रै लागि हो बोलको एक रोमान्टिक गीत छायाँक गरी बिहिबार काठमाडौ फर्किएको छ। सिनेमा प्रचारका लागि अब केही दिनमा युनिट मोफसल टुरमा निस्कने निर्माता गोपालीको जानकारी गराए।
नरेशकुमार केसीको निर्देशन रहेको रोमियो एण्ड मुनामा विनय र श्रृष्टिको अलवा सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको समेत अभिनय छ। प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य सिनेमाका निर्माता रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button