CINEMANEWS

सलिनमानलाई हेर्न ओइरिए दर्शक

सिनेमा संसार संवाददाता
काठमाडौं
डेब्यु फिल्ममार्फत नै राईजीङ स्टारको ट्याग पाएका सलिनमान बनियाँलाई प्रत्यक्ष हेर्न हेटौडामा जारी औद्योगिक मेलामा दर्शकको भिड उर्लिएको छ। गत फागुन १६ देखि चलिरहेको औद्योगिक मेलामा शनिवार उनलाई हेर्न २० हजारको हाराहारीमा दर्शक ओइरिएको आयोजकले जनाएको छन्।
शनिवार सलिनमान रिलिजको क्रममा रहेको सिनेमा यात्रा ः अ म्युजिकल भ्लगको प्रचारप्रसारको लागि टिमसहित हेटौंडा पुगेका थिए। सलिनसँगै सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य, निर्माता सुशील पोखरेल तथा प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेलामा पुगेका थिए। सलिनमान झन्डै १० मिनेट स्टेजमा रहँदा उनले सिनेमाकै गीत चट्ट रुमालमा नृत्य गर्नुका साथै आफ्नो डायलग समेत सुनाएका थिए। हेटौडामा पहिलो पटक चकलेटी हिरोलाई देख्दा स्थानीयले भरपुर स्वागत गरेका थिए । उनले ’नमस्ते हेटौडा’ भन्दै गर्दा हेटौडाका दर्शकले ठुलो स्वरमा नमस्ते फर्काएका थिए । उपस्थित सम्पूर्ण कलाकारले चट्ट रुमालमा नृत्य गरेका थिए भने सलोनले पनि आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउदै यात्रा हेर्न आग्रह गरेका थिए।
सिनेमामा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button