NEWSPROMO

खजुरे ब्रोको ट्रेलर सार्वजनिक

सिनेमा संसार संवादाता
काठमाडौं
कमेडी-एक्सन सिनेमा ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिनेमाका निर्माताले ट्रेलर सार्वजनिक गरे । ३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरले सिनेमाको विषय र चरित्र चित्रणबारे प्रकाश पारेको छ। खजुरे ब्रो नामक पात्रको रोलमा अभिनेता रियर छन्। साबुनदेखि मःम सम्म खान तयार हुने खजुरे ब्रोलाई घरबाट पैसा कमाउन र विवाह गर्न दबाब छ । सिनेमाको अर्को पात्र महेश त्रिपाठी देखिएका छन्, जो सरकारी जागिरे, लेखक र लागूऔषधको दुर्व्यसनी पनि रहेका छन् । अभिनेता नवीन मानन्धर फिल्ममा सहकारी सञ्चालकको रोलमा छन् । अभिनेत्री नीति शाह भने खजुरे ब्रोको प्रेमीकाका रुपमा छिन्।सुरज सुनुवारका निर्देशन रहेको सिनेमा वैशाख २८ गतेबाट प्रदर्शन तयारीमा छ ।

Related Articles

Check Also
Close
Back to top button