CINEMANEWS

लभ स्टेशनको वियोग गीत

सिनेमा संसार संवाददाता
काठमाडौं
शुक्रबारबाट मुलुकका १ सय ४ सिनेमा हलमा प्रदर्शनमा आएको सिनेमा लभ स्टेशनको बियोगान्त गीत कहाँ राख्न सकेंको भिडियो मँगलबार रिलिज गरिएको छ।
नायिका जसिता गुरुङको अभिनेता प्रकाश शाहसँग विवाह हुने भएपछि जसिताको प्रेमी बनेका नायका प्रदीप खड्काले प्रेम बियोगमा विवाह समारोहमा यो गीत गाउँछन्। प्रदीप ब्यान्ड गायकको भूमिकामा छन्।
दीपक शर्माको शब्द सँगीत रहेको यो गीतलाई डेभिड शँकरले गाएका छन्। गीतको संगीत सँयोजना रितेस गुरुङले गरेका हुन्।
शुक्रबारबाट रिलिज भएको यो चलचित्र प्रदर्शनको तेश्रो दिन आईतबासम्म बक्स अफिसमा दुई करोडको व्यापार गरिसकेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन्। स्कुल कलेज बिदा भएका कारण पनि सिनेमाले राम्रो व्यापार गरिरहेको उनले बताए। आफ्नो सिनेमाले यही गतिमा एक सातासम्म व्यापार गर्दा लगानी सुरक्षित भएर केही मुनाफा हुने पनि शाहीले बताए।
साँगीतिक प्रेमकथामा आधारित यो सिनेमालाई कविर बिक्रम शाही, र कृशु शाही (काफिया) ले निर्माण गरेका हुन् उज्ज्वल घिमिरे निर्देशित सिनेमामा प्रदीप र जसितासँगै प्रकाश शाह, रमेश बुढाथोकी, प्रिया रिजाल, सिरु बिष्ट, रबी डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मी पाण्डे, रिसु खरेलसहितको अभिनय छ।

Related Articles

Back to top button