NEWS

आयंका महिनावारी स्वस्छता दूत

सिनेमा संसार संवाददाता
काठमाडौं
खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु पर्ने समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले नायक नायिका जोडी आर्यका अर्थात आयुष्मान देशराज जोशी श्रेष्ठ र प्रियंका कार्कीलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ।
मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट आयुष्मान देशराज जोशी श्रेष्ठ र प्रियंका कार्कीबिच भएको सहमतिअनुसार उनीहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो। खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरिन् । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणा बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो।
मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिइन्। उनीहरुले महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबै जनाले सकारात्मक सोच राख्नुपर्ने बताए।
मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावारीसम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताए। मन्त्रालयका तर्फबाट यो अभियान सफल बनाउन कुनै कसर बाँकी नराख्ने सचिव शर्माले बताए।
आयुष्मान र प्रियंकाको जोडीले महिलाहरुलाई महिनावारीसम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आपैmँ लागि पर्ने प्रतिबद्धता जनाएको छ। पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन्। उनीहरुले ६ वटा महिला मैत्री शौचालय बनाउने र किशोरीहरुलाई स्यानिटेशन प्याड समेत प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

Related Articles

Check Also
Close
Back to top button