NEWS

टिक टकमा गरुड पुराणको ४५ हजार भिडियो

सिनेमा संसार संवाददता
काठमाडौं
आगामी ४ माघबाट देशव्यापी रिलीमा आउने सिनेमा गरुड पुराणको सार्वजनिक गीत म त पिरिममा बोलले टिक टकमा नयाँ रेकर्ड बनाएको छ।
यो गीतको अहिलेसम्म ४५ हजारभन्दा बढी टिक टक भिडियो निर्माण भएको यसका निर्देशक सुवास कोईरालाले जानकारी गराएका छन्। यो गीतलाई अहिलेसम्म टिक टकमा ३५ लाख पटक हेरिसकिएको रेकर्ड उनले देखाए। एक महिनाअघि रिलिज गरिएको यो गीतलाई युट्युवमा सोमबारसम्म १४ लाख ५३ हजारपटक हेरिएको छ।
‘हाम्रो गीतको भिडियो सोचेको भन्दै धेरै नै अर्थात ४५ हजार बनेको छ र टिक टकमा यसलाई ३५ लाख पटक हेरिँदा युट्युवमा १४ लाखपटक मात्र हेरिएकाले गीत टिक टकमा सफल भयो’ निर्देशक सुवासले भने। उनका अनुसार यो गीतको कभर भिडियो प्रतियोगिता राखिएले पनि टिकटकमा चर्चा पाएको हो।
‘सिनेमालाई रमाइलो बनाउने प्रयास गरेका छौँ, त्यहिअनुरुप गीत पनि तयार गरेका हांै र यसले टिकटकमा खुबै चर्चा कमाएको छ’ निर्देशक कोइरालाले भने, ‘यसै साता रिलिज गरिएको यो सिनेमाको ट्रेलरले पनि राम्रो चर्चा पाएको छ।’ पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक कोईरालाले बताए।
यो गीतको भिडियोमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँगै सिनेमाका कलाकारहरु कर्मा शाक्य र नव नायिका प्रियंका सिंह ठकुरीको नृत्य छ। गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन पनि छिन्। गीतमा कोसिस क्षत्रीको संगीत र दिनेश राउतको शब्द छ। गीतलाई कोसिस र मनिषा पोखरेलले गाएका हुन्। यसको कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन्। आकाश बराल, बिनोद खतिवडा र सुवासले लेखेको यो सिनेमाको कथा कसम नेपालको हो। निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन्। सुसन प्रजापतिको छायाँकन रहेको सिनेमा उज्ज्वल ढकालले सम्पादन गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button