NEWS

मायामा बाँधिए आर्यन र सृष्टि

सिनेमा संवार संवाददाता
काठमाडौं
बाँध मायाले नामक सिनेमाको शिर्ष गीतको अडियो भिडियो बुधबार राजधानीमा आयोजित एक समारोहबिच सार्वजनिक गरिएको छ।
अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। यसको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफीले आकर्षक बनाएको छ।
संगीतकार पोखरेलकै शब्द रहेको बाँध मायालेमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ। समारोहमा संगीतकार पोखरेलले यो गीतले दर्शकको मन जित्ने दाबी गरे। बाँध मायाले ५ असोजबाट देशव्यापी प्रदर्शनमा आउँदैछ।
सविर श्रेष्ठ निर्देशित बाँध मायालेमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतले अभिनय गरेका छन्। सिनेमाबाट नव नायकका रुपमा किशोर खड्काले डेव्यु पाएका छन्।
रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको सिनेमामा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन्।

Related Articles

Check Also
Close
Back to top button