CINEMANEWS

कर्माको सारी लगाइदेउ

सिनेमा संसार
काठमाडौं
चैत २९ गते रिलीज हुने सिनेमा कर्माको गीत सार्वजनिक भएको छ।
सारी लगाइदेउ बोलको गीतमा सलिना बिकको स्वर छ। शब्दरचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ। नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ। माया–प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरीलगायतको अभिनय छ।
कर्मामा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ। सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुनेछ। सिनेमाको कथा निर्देशक सौरभ चौधरी स्वयंले लेखेका छन्।

 

Related Articles

Check Also
Close
Back to top button