CINEMANEWS

बुलबुलका चोपेन्द्रको चर्चा

सिनेमा संसार संवाददाता
काठमाडौं
बुलबुल नामक सिनेमा स्वस्तिमा खडकाका कारण घोषणादेखि नै चर्चामा छ। स्वस्तिमा बुलबुलमा टेम्पो ड्राइभरको भूमिकामा छिन्। गीत र सिनेमाको टिजर सार्वजनिक भएसँगै सिनेमाका अर्का कलाकार मुकुन भुषालले पनि धेरैको ध्यान तानेका छन्।
केही दिनअघि सार्वजनिक छोटो टिजरमा पनि मुकुनको अभिनयले धेरैमा कौतुहलता जगाएको छ। टिजर मार्फत चोपेन्द्र नामक पात्रको भूमिकामा देखिएका नायक मुकुन भुषाल र उनले बोलेको संवादको चर्चा युट्युवलगायत सामाजिक सञ्जालमा हुन थालेको छ। मुकुन सिनेमाको लागि बिलकुल नयाँ अनुहार हुन्। उनी यसै वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो, नोयडाबाट अभिनयमै स्नातकोत्तर गरेर फर्किएका हुन्। उनी नेपालकै ओस्कार कलेजबाट सिनेमामै स्नातकसम्मको अध्ययन पूरा गरेर भारत हान्निएका थिए। उनले अध्ययनका क्रममा दर्जनौं सर्ट सिनेमामा अभिनय गरे पनि ठूलो पर्दाको सिनेमा भने बुलबुल नै उनको पहिलो हो।
बुलबुलको गीत र टिजरमा उनले देखाएको अभिनयले एउटा उम्दा कलाकारको प्रवेश भएको मान्छन् यो सिनेमाका निर्देशक विनोद पौडेल। ‘यो चरित्र मैले मुकुनलाई नै हेरेर लेखेको हो। बीचमा पढाइका कारण उनले नभ्याउने जस्तो थियो। तर, हाम्रो सुटिङ पनि भनेको समयमा भएन। त्यसैले मुकुनले यो चरित्र गर्न भ्याए’ पौडेलले भने, ‘मैले चोपेन्द्रलाई जे सोचेर लेखेको थिएँ। उनले त्यसलाई अभिनयले सार्थक बनाएका छन्।’ सिनेमा फागुन ३ गते रिलीज हुनेछ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button