CINEMANEWS

गुनगुनको किसमिस

सिनेमा संसार संवाददाता

काठमाडौं

अभिनेता पुकार भट्टराई निर्मित तथा निर्देशित सिनेमा गुनगुनको आइटम गीत सार्वजनिक गरिएको छ। सिनेमाको किस मिस बोलको आइट गीत सार्वजनिक गरिएको हो।

यसको भिडियोमा चन्दा दाहाल आइटम गर्लका रूपमा प्रस्तुत भएकी छिन्। कमल पौडेलको शब्द र महाराज थापाको संगीत रहेको गीत सुनीता कार्कीले गाएकी छिन्। यसको कोरियोग्राफी रामजी लामिछाने गरेका छन्। कथा अगाडि बढाउन यो आइटम गीत महत्वपूर्ण भएको निर्माता निर्देशक पुकार भट्टराईले बताए।

आगामी कात्तिक ३० गते अल नेपाल रिलिज हुने सिनेमा प्रार्थना फिल्म्स्को ब्यानरमा बनेको छ। सञ्चिता लुइँटेल, रवीन्द्रप्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जीसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदीप राई, विपीन प्रसाईं र स्वयं निर्देशक भट्टराईले प्रमुख भूमिकामा अभिनय गरेको सिनेमामा हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button