CINEMANEWS

मालिकाको देखियो कमलाको कमाल

सिनेमा संसार संवाददाता
काठमाडौं
नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा निर्देशित सिनेमा मालिकाको दोस्रो गीत सार्वजनिक भएको छ। मालिकाको सर सर बोलको गीत सार्वजनिक भएको हो।
यो गीत गायिका आस्था राउतले गाएकी छिन्। पहिलो गीत हल्का माया सार्वजनिक भएलगत्तै लोकप्रिय बनेपछि रेखाले अर्को गीत सर सर सार्वजनिक गरेकी हुन्। यो गीतमा सुरेश अधिकारीको संगीत तथा मालिकाका कार्यकारी निर्माता नर बहादुर कार्कीको शब्द रहेको छ।
गीतमा छोरी मान्छे ससक्त हुनु पर्छ, डर त्रासमा बाच्नु हुँदैन भन्ने सन्देश दिने कोशिष गरिएको छ। यसको भिजुअलमा नायिका थापाका साथमा नव कलाकार कमला वली,नर बहादुर कार्की र आर्जु ढुंगानलाई फिचरिङ गरिएको छ। सिनेमामा कमला ओली मुख्य भूमिकामा छिन्। यसको छायाँकन जाजरकोटसहित काठमाण्डौं, बनेपा, बाँकेलगायत क्षेत्रमा गरिएको छ।
सिनेमामा कथा रेखा थापा र नरबहादुर कार्की, पटकथा र संवाद शिवम अधिकारीको रहेको छ। आगामी तिहारका लक्ष्मी पूजामा रिलिज हुने सिनेमामा महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको परिकल्पना रहेको रेखाले बताएकी छिन्। सिनेमामा नायिका थापाकी आमा सरस्वती थापा पनि निर्मात्री छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button