CINEMANEWS

हट सिनसहित आयो कथा काठमाडौंको ट्रेलर

सिनेमा संसार संवाददाता
काठमाडौं
सञ्चारकर्मी संगीता श्रेष्ठको डेब्यु निर्देशनमा बनेको सिनेमा कथा काठमाडौंको हट ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा आईतबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो।
रातको कुरा बोलको गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडि उत्तेजकरुपमा बढाएको सिनेमाले त्यसपछी २ गीत यसअगाडि नै सार्वजनिक गरिसकेको छ। टेलिभिजनकर्मी, म्युजिक भिडियो निर्देशक, पुस्तक लेखिकालगायतको पहिचान बनाइसकेकी संगीताले काठमाण्डौको ३ भिन्न भिन्न कथालाई सिनेमामा देखाउने कोशिष गरेको बताइन्। काठमाण्डौमा मुस्कानभित्र लुकेको ब्यथा नै सिनेमाको मुख्य विषयवस्तु रहेको उनले जनाईन्। ट्रेलर सार्वजनिक कार्यक्रममा सिनेमाका निर्माता र निर्देशकसँगै कलाकार प्रमोद अग्रहरी, संजोग कोइराला र अभिनेत्री सन्ध्या केसी उपस्थित थिए। रातको कुरा बोलको गीतमा उत्तेजक यौनदृश्य दिएकी नायिका प्रियंका कार्की भने ट्रेलर रिलीज सार्वजनिक कार्यक्रममा उपस्थित भइनन्। संगीताले प्रियंका टुरमा रहेकोले कार्यक्रममा सहभागी नभएको दाबी गरिन्।
सिनेमाको कथा निर्देशक संगीताले नै लेखेकी छिन् भने विजय राईको निर्माणमा बनेको सिनेमामा लुज सिंहको छायांकन छ। सिनेमामा प्रमोद अग्रहरी, प्रियंका कार्की ,आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ। अष्ट महर्जनको द्वन्द्व रहेको सिनेमाका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बास्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन्। असोज १२ मा रिलिज हुने सिनेमाका बारेमा कार्यक्रममा संगीताले सिनेमा गीतसंगीतसँगै ट्रेलर पनि आइसकेकोले सबै कुरा प्रष्ट भएको बताइन। प्रमोद अग्रहरीले जहिले पनि च्यालेन्जीङ रोलमा प्रस्तुत गर्ने रहर हुने चर्चा गर्दा प्रियंका कार्कीसँगको हट सिनले आफुलाई अप्mटेरो नभएको बताए।

Related Articles

Check Also
Close
Back to top button