MUSICNEWS

साला काठमाडौं

सिनेमा संसार संवाददाता
काठमाडौं
ठेलामा मःम बेच्दै गायक बनेका कपिल पौडेलले पहिलो गीतस्वरुप साला काठमाण्डौँसार्वजनिक गरेका छन्।
गायक बन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिलले लामो समयदेखि बानेश्वर चोकमा ठेलामा मःम बेच्दै आएका थिए। युट्युवमा उनको गायकी क्षमताको चर्चा भए पछि उनी एकाएक चर्चित भएका थिए। उनै कपिलले पहिलोपटक गीत रेकर्ड गराएर सार्वजनिक गरेका हुन्। निरज भट्टको शब्द रहेको गीतमा कपिलकै संगित रहेको छ।
काठमाण्डौंमा सपना बोकेर आउने युवा र उसले काठमाडंैँमा पाउने असफलता तथा दःुख बोल्ने गीतमा अभिनेता शिशिर भण्डारीको अभिनय रहेको छ। काठमाडौंमा पाएको असफलतामा निरासाव् यक्तगर्न साला काठमाण्डौँमा शब्द राखिएको कपिलको भनाई छ।
सन्तोष खनाल ‘फिल्मी किरो’ को निर्देशनमा बनेको भिडियोमा वाइपी घिमिरेको छायांकन र सन्जिप श्रेष्ठको सम्पादन रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button