CINEMANEWS

यौन स्वास्थ्यको कथा भन्न जरुरी छ : दयाहाङ राई

सिनेमा संसार
काठमाडौं
आगामी फागुन २ गते रिलिजमा आउने सिनेमा दुखी आत्मामा कतिपयले नायक दयाहाङ राइलाई यस्तो कथामा सिनेमा किन गरेको भनिरहेका छन्। कतिपयले दयाहाङले बल्ल फरक कथामा सिनेमा खेलेछन् पनि भनेका छन्।
दयाहाङ चाहिँ भन्छन् ‘मानसिक स्वास्थ्यको बिषयमा हामी बल्ल बल्ल खुल्न थालेका छौँ। हाम्रो परिवारका सदस्यहरु बल्ल स्वास्थ्यसम्बन्धी बिषयमा कुरा गर्न थालेका छन्। यौन त हाम्रो निजी कुरा हो। यो कुरालाई हामीले गोप्य राख्छौँ। तर, यो चासोको बिषय भने हो। भारतमा पनि ४० वर्ष अगाडि मात्र सिनेमामा कथा भन्न थालिएको हो। यो बिषयमा मानिसहरुलाई जानकारी हुनुपर्छ भन्ने मलाई लाग्छ। छलफल कोसँग गर्ने भन्ने आफ्नो ठाउँमा होला।’
दयाहाङले यो सिनेमामा काम गर्दै गर्दा यो चिजले अप्ठ्यारो पार्ला, गाह्रो पार्ला भन्ने आफ्नो दिमागमा नभएको पनि बताए। उनी अगाडि भन्छन् ‘साथीहरुले यस्तो सिनेमा किन खेलेको भन्नुहुन्छ। खेल्दा कस्तो लाग्यो पनि भन्नुहुन्छ। तर, मलाई त कस्तो पनि लागेन। एउटा कलाकारले यो
दयाहाङले एउटा सुन्दर समाज हुनका लागि स्वास्थ्य समाज हुनुपर्ने तर्क गरे। ‘यसैले, मलाई यो कथा पनि भन्नुपर्छ भन्ने लागेर खेलेको हो। सिनेमाको टिजर आउँदा मेरो केही असहमति थियो। किनकी, यो सिनेमाले जे बिषयवस्तु उठान गरेको छ, त्यो टिजरमा देखाइएको कुरा मात्र होइन। त्यहाँ पुरा पुरा संवाद राखिएको छ। तर, यसको कथावस्तु भन्नुपर्ने बिषय हो’ उनले हालै पत्रकारहरुसँगको भेटमा भने।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय छ।

Related Articles

Check Also
Close
Back to top button