NEWS

कमेडी दरबारको टिजर सार्वजनिक

गौरीदेखि बिजय बरालसम्मले हँसाउने

सिनेमा संसार संवाददाता
काठमाडौं
पछिल्लो समय ठूलो पर्दाका साथै सानो पर्दामा पनि कमेडी सामग्रीको लोकप्रियता बढ्दो छ। यहि क्रममा सानो पर्दामा नयाँ कमेडी शो कमेडी दरबार प्रसारण हुने भएको छ। असार १४ गतेदेखि प्रसारण हुने कार्यक्रमलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गर्नेछन्। आइतबार एक समारोहको आयोजन गर्दै शोको टिजर सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरमा शोका कलाकारको लुक्स देखाइएको छ । जसमा अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिदैछिन् भने अभिनेता विजय बराल, अभिनेतृ नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पबित्रा शाकीसँगै कमेडियन हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतको पनि भूमिका रहने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button