NEWS

लेन्स नेपालमा १३ सय सिनेमाको डिटेल

सिनेमा संसार संवाददाता
काठमाडौं
पहिलो सिनेमा सत्य हरिशचन्द्रदेखि अहिलेसम्म प्रदर्शनमा आएका १३ सय सिनेमाको विस्तृत विवरण अब एकै ठाउँमा पाइने भएको छ।
अहिलेसम्म रिलीजमा आएका सिनेमा र ति सिनेमामा कुनै न कुनै विधामा आवद्व सिनेमाकर्मी (कलाकार–प्राविधिक) को विस्तृत विवरण (फिल्मोग्राफी) समावेश गरी विहिबारबाट डाटावेशमा आधारित वेवसाइट लेन्सनेपाल डट कमको शुभारम्भ भएको हो।
सरकार वा सिनेमाको विकासका लागि भनेर खुलेका कुनै पनि निकाय वा संघ संस्थासँग यसको आधिकारीक तथ्याङ्क नै सुरक्षित नभएको अवस्थामा लामो समयको अध्ययनबाट सिनेमाको विवरण संकलन गरिएको लेन्सनेपालका प्रकाशक विष्णुप्रसाद सुवेदीले बताएका छन्। उनका अनुसार सिने मासिक कामनाका विशेष अंकहरुमा मात्र विभिन्न कालखण्ड गरी सिनेमाको विवरण समावेश गरिएको छ। कामनाकै मुख्य सहयोगमा सिनेमाको विस्तृत विवरण संकलन गरिएको सुवेदीले जनाएका छन्।
कुन सिनेमा कहिले बने, कुन सिनेमा कुन सिनेकर्मी संलग्न थिए, बिधागत रुपमा कति सिनेमामा संलग्न भए वा छन्, कुन सिनेमा कुन प्रविधिमा बनेको हो, सिनेमा कुन जनराको हो, यी र यस्ता यावत विषयहरु लेन्सनेपालले समावेश गरेको छ। साथै सिने अवार्ड र अवार्ड विजेताहरुको विस्तृत विवरण पनि समावेश गरिएको छ।
यस्तै उक्त वेवमार्फत नै देशैभरका इ–टिकटिङ्ग (अनलाइनबाट टिकट बुक गर्न मिल्ने सुबिधा) उपलव्ध गराएका सिनेमा हलहरुको टिकट समेत बुक गर्न सकिने छ। यो सुबिधा भने केही समयपछि मात्र लागु हुने सुवेदील्े बतए।
सुबेदीका अनुसार चलचित्र र चलचित्रको विस्तृत तथ्यगत विवरण समावेश गरिएकोले नेपाली चलचित्रको अध्ययन गर्न चाहनेहरुका लागि यो गतिलो माध्यम समेत बन्नेछ।

Related Articles

Check Also
Close
Back to top button