NEWS

क्रिकेट रंगशाला निर्माणलाई यात्राको सहयोग

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी शुक्रबार रिलीज हुने सिनेमा यात्रा स् अ म्युजिकल भ्लग टिमले धुर्मुस सुन्तली फाउण्डेसनद्धारा भरतपुर चितवनमा निर्माण गरिने गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५० हजार नगद सहयोग गरेको छ।
सिनेमाका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई, र चिजकुमार श्रेष्ठ तथा निर्माता सुशील पोखरेलले फाउन्डेसनमा पुग्दै संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन्। सहयोग पाएपछि धुर्मुस अर्थात् सिताराम कट्टेलले सिनेमाको सफलताको शुभकामना दिदै सहयोगप्रति आभार व्यक्त गरेका छन्। ‘थोपा थोपा मिलेर समुन्द्र बनाउने कोसिसमा छौँ, त्यसैले यो सहयोग हाम्रो लागि अमुल्य छ’ धुर्मुस भन्छन् ‘हामीमा सहयोगी भावना चाहिन्छ अनि लक्ष्य प्राप्तिको उदेश्य, सफलता हात पर्छ।’ उनले यात्रामा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।
धुर्मुस सुन्तलीको अभियानमा साथ दिन पाउँदा निकै खुसि लागेको प्रस्तुतकर्ता चिकुमार श्रेष्ठले बताए। ‘हामीले अभियानमा एउटा सानो सहयोग गरेका छौँ। तर यो अरुका लागि प्रेरणा बन्न सक्छ’ उनि भन्छन् ‘सिनेमाले नेपाली सुन्दरतालाई देखाउनेछ।’ यसैगरी निर्माता सुशील पोखरेलले अभियानकै सहयोगार्थ हुन लागेको मातृभूमि कपमा आफ्नो टिम क्रिकेट खेल्न जाने समेत बताए। ‘हामी सलिनमानसँगै शनिवार क्रिकेट खेल्न टियु मैदान पुग्नेछौ’ सुशीलले आफ्नो टिम सामाजिक कार्यमा सहयोग गर्न सदैव तत्पर रहेको जनाउँदै भने।
क्रिकेट खेलका लागि सलिनमान बनिया केहि दिनदेखि प्रशिक्षणमा समेत सभागी भइरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button