MUSICNEWS

रियालीटी शोमा सिंगिङ सुपरस्टार

विजयीलाई २५ लाख पुरस्कार

सिनेमा संसार संवाददाता
काठमाडौं
पछिल्लो समय नेपालमा रियालिटी शो बृद्धी भईरहेका छन्। यस्तैमा, इमेज टिभी एचडीबाट नयाँ रियालिटी शो प्रशारणमा आउने भएको छ। भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्ने नेपाल्स सिङ्गिङ सुपरस्टार इमेजबाट प्रशारण हुन लागेको हो। रियालिटी शो निर्माण र प्रसारणका लागि इमेज टिभी एचडी र भ्वाइस स्टार नेपाल प्रालीबीच सम्झौता भएको छ।
ईमेज एचडीका कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायव महाप्रवन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका छन्।
नेपाल्स सिङ्गिङ सुपरस्टारमा संगीतिक क्षेत्रमा संघर्षरत गायक÷गायिका तथा दुरदराजमा रहेका प्रतिभालाई स्थान दिइने निर्देशक रवि श्रेष्ठ बताए। रविका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीको छनोट गरिनेछ। डिजिटल अडिसन पुषको पहिलो साताबाट खुल्ला हुनेछ। डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ। २५ श्रृखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन्। विजेतको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुनेछ। भोटका लागि सजिलो पे भोटिङ पार्टनर बनेको छ ।
शोको निर्णायकहरु पक्का भइसकेका छन् । तर, प्रचारको लागि गेस द जजेज क्याम्पिन हुनेछ। उक्त क्याम्पेनमा विजयी हुनेले उचित पुरस्कार पाउनेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button