MUSICNEWS

ताराले ल्याइन् तीज गीत

सिनेमा संसार संवाददाता
काठमाडौं
गीतकार तारा अधिकारीद्वारा रचित तीज गीत आउ संगी सार्वजनिक गरिएको छ। निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ।
सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो। गीतको भिडियोमा सागर लोप्चन, दिपसिखा अधिकारी लगायत अन्यले कम्मर मर्काएका छन्।
भिडियोको छाँयाकन रामेश्वर हुँमागाईले गरेका छन्। सिता राईको कोरियाग्राफी रहेको भिडियोमा सम्पादन नहकुल खड्काको रहेको छ। तारा अधिकारीले यो भन्दा अघि आधुनिक गीतमा कलम चलाउँदै आएकी थिइन्।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button