MUSICSTAGE

स्कटल्याण्डकी डिजे डेक्सी नेपालमा

सिनेमा संसार संवाददाता
काठमाडौं, जेठ २४
स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छन्। सान मिगेल वेट फेष्ट २०१८ मा उनले बिभिन्न आकर्षक डिजे प्रस्तुतिमार्फत नेपाली युवायुवती नचाउने भएकी हुन्।
शुक्रबारबाट सुरु हुने कार्यक्रम देशको १० प्रमुख शहरमा आयोजना हुनेछ। जसका लागि उनी बुधबार साँझ नेपाल आइपुगेकी छन्। यो उनको पहिलो नेपाल टुर हो । बिश्वका उत्कृष्ट डिजेहरु मध्य टप ५० भित्र डेक्सीलाई नेपाल भित्र्याउने काम मेड्ली इभेन्ट मिडिया प्रालीले गरेको हो ।
राष्ट्रिय तथा अन्टराष्ट्रिय प्रर्यटन प्रवद्धन गर्ने उदेश्य सहित आयोजना हुन लागेको कार्यक्रममा नेपालकन डिजे जेनी, पुलपाटीको राज भनेर चिनिएका डिजे प्रज्वल र चर्चित गायक तथा र्यापर मानस घलेको समेत प्रस्तुति रहने आयोजक मेड्ली मिडियाका प्रवन्ध निर्देशक सुमित सिग्देलले बताए ।
कार्यक्रम शुक्रबार देखि विर्तामोडबाट सुरु हुँदैछ। बितामोडपछि २८ गते इटहरी, असार १ गते हेटौडा, २ गते चितवन, ४ गते नेपालगञ्ज, ५ गते भैरहवा, ८ गते बुटवल, ९ गते पोखरा हुँदै असार ३० गते काठमाडौमा आएर सकिनेछ। नेपाली, हिन्दी र अग्रेजी सबै प्रकारको गीत संगीतबाट डिजेहरुले दर्शक तथा श्रोता नचाउँने कार्यक्रम अभिनेत्री तथा भिजे संध्या केसीले होस्ट गर्नेछिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button