CINEMANEWS

प्रदर्शनको एक हप्तापछि जारीको दोस्रो गीत सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित सिनेमा जारीको दोस्रो गीत सार्वजनिक भएको छ । सोमबार इन्टरनेटमा रिलिज भएको रीत बोलको गीतमा मनोज थापा मगरको संगीत तथा हर्क साउदको शब्द रचना र संगीतकार थापामगर र सुनिता थेगिमको स्वर रहेको छ ।
बक्स अफिस बम्पर व्यापार गरिरहेको सिनेमा सार्वजनिक गीतमा दयाहाङ र मिरुनालाई फिचर्ड गरिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा हेर्न हलमा दर्शकको अहिले पनि उस्तै चाप छ ।जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ ।ब्लकबस्टर सिनेमा कबड्डी ४ पछि दयाहाङ र मिरुनाले जारीमा सहकार्य गरेका हुन्।उपेन्द्र सुब्बाको लेखन, निर्देशन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय, झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। बा“सुरी फिल्मसको प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामाका निर्माता रामबाबु गुरुङ हुन भने शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सहनिर्माताको रुपमा रहेका छन्।

https://youtu.be/co6GYFShMyI

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button