BOLLYWOODHOLLYWOODNEWS

ओस्कारको सबै विधाको प्रत्यक्ष प्रसारण गरिने

संसारकै प्रतिस्ष्ठित अवार्ड ओस्कारमा प्रदान गरि“दै आएको ३२ ओटै विधाको अवार्ड वितरण प्रत्यक्ष प्रसारण गरिने भएको छ। मार्च १२ लस एन्जलसमा आयोजना हुने ओस्कारको ९५ औं संस्करणमा यस वर्ष सबै विधाका अवार्ड प्रत्यक्ष प्रसारण गर्न लागिएको हो।समयको बचत गर्न भन्दै गत वर्ष केही विधाको वितरणको प्रत्यक्ष प्रसारणमा रोक लगाईएको कारण ओस्कार समारोह आलोचित बनेपछि यो नियमलाई ओस्कार आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै सबै विधालाई प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको हो।

 

गत वर्ष ओस्कारमा ओरिजिनल स्कोर, मेकअप एण्ड हेयर स्टाइलिङ, डकुमेन्ट्री सट, फिल्म एडिटिङ, प्रोडक्सन डिजाइन, एनिमेटेड सट, लाइभ एक्सन सट र ध्वनिको विधाको अवार्ड वितरणको प्रत्यक्ष प्रसारण गरिएको थिएन ।

Related Articles

Check Also
Close
Back to top button