NEWS

लागूऔषध नियन्त्रण गर्न बोर्ड र प्रहरीबीच सम्झौता

सिनेमा संसार
काठमाडौं
चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको सहभागीतमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा आयोजित कार्यक्रममा यो द्विपक्षीय सम्झौता भएको हो।
सम्झौताअनुसार दुवै निकायले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने छन्। विशेष गरी सिनेमाको माध्यमबाट लागूऔषधको दुष्प्रभावबारे जनचेतना फैलाउने योजना अघि सारिएको छ। सम्झौताअनुसार लागूऔषधको प्रयोग तथा दुव्र्यसनलाई बढावा दिने खालका कुनै पनि सिनेमा, विज्ञापन वा सामाजिक सन्देशलाई निरुत्साहित गरिनेछ। साथै, सम्झौतामा लागूऔषध नियन्त्रण तथा दुव्र्यसन न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक सिनेमा तथा भिडियो सामग्री निर्माण तथा सिनेमा हलमा प्रसारण गर्ने, विद्यालय तथा विश्वविद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सामुदायिकस्तरमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्ने पहल गरिने उल्लेख छ। सम्झौतामा लागुऔषध नियन्त्रणको लागि दुवै पक्षले एकरएक श्रोत व्यक्ति परिचालन गरि चलचित्र विकास बोर्ड र नेपाल प्रहरीको संयुक्त पहलमा लागूऔषध नियन्त्रण तथा दुव्र्यसन न्यूनीकरणका लागि थप रणनीति तय गरिने पनि जनाइएको छ।

Related Articles

Check Also
Close
Back to top button