CINEMANEWS

आधा सुर बन्दै

सिनेमा संसार संवाददाता
काठमाडौं
पारिवारिक कथामा आधा सुर नामक सिनेमा निर्माण हुने भएको छ। थुप्रै सर्ट सिनेमामार्फत आफ्नो निर्देशन क्षमता प्रस्तुत गरिसकेका अशिन पौडेलको निर्देशनमा बन्ने सिनेमाबारे मंगलबार राजधानीमा प्रेसमिट गरि जानकारी दिइएको छ।
फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा बन्ने सिनेमामा अर्पण थापा, प्रविण खतिवडा, शिसिर वाङ्देल, सरिता गिरी, दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल, सुभांगम पराजुलीका साथमा नवनायक मोहन जैशी मुख्य भूमिकामा रहने छन्। निर्माण घोषणा कार्यक्रममा निर्देशक अशिनले आफूले राम्रो सिनेमा बनाउने कोसिस गर्ने बताए। त्यसैगरी, कलाकारहरु प्रविण, शिसिर, सरिता गिरी, दीलिप, सुरज तथा मोहनले नयाँ सोच र शैलीका साथ आधा सुर निर्माण हुन लागेको र आफू त्यसको एउटा पात्र बन्न पाएकोमा खुशी ब्यक्त गरे।
तीन युवाको संगीत मोहको कथा प्रस्तुत गरिने सिनेमा काठमाडौ र पोखरामा खिचिने । रोशनराज थापाको संगीत रहेको सिनेमाको स्क्रिप्ट निर्देशक अशिन र सौरभ कार्कीले लेखेका हुन्। बिष्णु कल्पितले खिच्ने सिनेमाको कास्टिङ बिमल सुवेदीले गरेका हुन्। आधा सुरको सुटिङ भदौ दोश्रो साताबाट सुुरु हुने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button