CINEMANEWS

नयाँ बाटोको माया सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
तामाङ र नेपाली भाषामा निर्माण गरिएको सिनेमा नयाँ बाटो (छार ग्यालम्) को एक गीत सार्वजनिक गरिएको छ। कुल ३ गीत रहेका सिनेमाको ल्होसारसम्बन्धी माया लउ माया लउ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।
कोशीपारी फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको सिनेमाको यो गीतमा सुदिप न्यासुरको शब्द तथा संगीतमा सुदिप न्यासुर र बबिता पाख्रिनको स्वर रहेको छ भने धन बहादुर तामाङ (सागर) र प्रभा घिसिङले अतिथी भूमिकामा नृत्य गरेका छन्। कुमार मोक्तान, सुनिता लुङ्बा, राजिव तामाङ (राहुल), संगीता दोङ, लक्ष्मण बस्नेत, हस्त बहादुर गोले, सुर्य बहादुर गोले, दीपा वाईबा, धुर्व सिंह तामाङ (छिरिङ) प्रकाश श्रेष्ठलगायतको मुख्य भूमिका रहेको सिनेमा पबिना तामाङ र दीपा वाईबाले निर्माण गरेका हुन्।
ोष्ट प्रोडक्सनको काम भई रहेको सिनेमामा राजिव तामाङ (राहुल), सुदिप न्यासुर र रुपेन मोक्तानको शब्द, बुद्ध स्याङ्बा, सुदिप न्यासुर र प्रयास दोङको संगीत, राजु किराँतको द्वन्द, लक्ष्मण घिमिरेको छायाँकन, तुलसी बासकोटाको सम्पादन रहेको छ भने निर्देशन र कोरियोग्राफी धन बहादुर तामाङ (सागर) ले गरेका छन्।

https://youtu.be/0fQiWz3ZeI0

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button