CINEMANEWS

नाजिरले किन बनाए सृष्टीलाई बन्धक!

सिनेमा संसार
काठमाडौं
आगामी शुक्रवार रिलिज हुने सिनेमा मिसिङः केटी हराएको सूचनाको नयाँ ट्रेलर सार्वजनिक गरिएको छ। १ मिनेट ५६ सेकेण्डको ट्रेलर सिनेमाका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ।
पहाडी मूलकी सृष्टिलाई मधेसी मूलका नाजिरले कोठामा बन्धक बनाएर राखेपछिको अवस्थाबाट सुरु हुने ट्रेलरमा नाजिर र सृष्टिको नृत्यसँगै पहिचानको विषयलाई जोड दिइएको छ। नाजिरले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेका छन्। ट्रेलरमा मिथिला संस्कृतिलाई पनि स्थान दिइएको छ।
सिनेमामा नाजिर राम र सृष्टि सीताको भूमिकामा छन्। ट्राई सिटी पिक्चर्सको व्यानरमा निर्मित सिनेमा दीपेन्द्र गौचनको लेखन र निर्देशनमा बनेको हो।
नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण, अमितेष शाहलगायतले अभिनय गरेको सिनेमामा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व, अमर महर्जनको डीओपी र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

 

Related Articles

Check Also
Close
Back to top button