MUSICNEWS

रन्जित गजमेरको कृति

सिनेमा संसार संवाददाता
काठमाडौं
कुनै समय रन्जित गजमेरको सगीतको युुग थियो, एक्लो युग थियो। उनका लय संगीतले सारा नेपाली मन र भावनालाई यसरी बाँध्थे, मानौँ श्रोता कुनै गीत सुनिरहेको छैन कुनै वेदको मन्त्र सुन्दै तपस्चर्यामा लीन छन्।
रन्जितको सगीतसँग मिसिएर जब कुसुम गजमेरका शब्दहरू लयको बयली खेल्न थाल्थे, श्रोता तपस्चर्याबाट समाधिमा रूपान्तरित भएको बोध गथ्र्यो। मायाको तपस्यामा।
तर यो रन्जित र कुसुमको दोभानको एउटा सबल र सर्वस्वीकृत पाटो मात्र हो। खासमा यो जोडी नेपाली मनका भाका र भावलाई संगीतको तरंगमा श्रोतालाई तरंगित पार्ने जोडी हो। कहिले नचाउने, कहिले रुवाउने र कतिपय अर्थमा त मायाको निम्तो दिने शब्दहरू नपाइरहेका प्रेमिल जोडीलाई पनि मायाको बाटो खोलीदिने गीत सगीत उमारिदिने सांगीतिक जोडी थियो।
मायाभित्र अनेकौँ अर्थ र आयाम हुन्छन्, अनगिन्ती मोड र मुड हुन्छन्। ती सबै अर्थ र आयाम, मोड र मुडलाई छोएर गीत संगीतमा सलल बग्ने जोडी थियो रन्जित–कुसुमको जोडी। तर रन्जित गजमेरको प्रकाशित सांगितीक एल्मब कृति उनले बोकि आएको या पस्कि आएको सांगीतिक कृतित्वको धरातलभन्दा अलि फरक छ। उनले कृतिमा पनि पुरानै लोकभाकाको जगमा उभिएर लय उमारेका छन्। तर यसको लय विधान र प्रस्तुति एकदमै फरक छ। नेपाली मनकै भाकामा उनले सुटुक्क आफ्नो मौलिकता पनि झंकृत गराएका छन्, नेपली कानले सुन्दासुन्दै थाहै नपाई हृदयमा ‘पोस्ट’ गरिदिने ल । त्यसैले उमेरले नेटो काट्न लागेको या अनुभवले पौड बनाएर पनि कत्ति थाकेका देखिँदैनन् रन्जित गजमेर। चालीसका दशकमा नेपाली सिनेमामा एकछत्र राज गर्ने उनै मेलोडियस रन्जित गजमेर फेरि फर्केर आएका छन् कृतिमार्फत।
यसको अर्को विशेषता नेपाली गीत–काव्य आकाशका ध्रुवतारा अगमसिंह गिरीलाई पनि उनको एउटा गीतमा उनले स्मरण गरेका छन्। यो स्मरण आजका पुस्ताका लागि आफैँमा ठूलो उपहार हो। स्रष्टाको महŒवलाई बुझेर यस्तो उपहार दिने उनको पुस्ताको संगीतकार पनि अब त उनीमात्र हुन् सायद। जसले यो दायित्व पूरा गर्न सक्छ। कुनै समय रन्जित गजमेरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविता (कुनमन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो) कविताका हरफहरूमा छापिएको साहित्यलाई संगीतको सुरमाब् यूँझाएर अमर बनाइदिए।
यस एल्बममा झण्डै २७ वर्षदेखि संगीत क्षेत्रमा आवद्ध चर्चित व्याण्ड कन्दराका चर्चित गायक विवेक श्रेष्ठको स्वर पनि सुन्न सकिन्छ। ६ ओटा हिट एल्बम दिएका श्रेष्ठको आवद्धताले पनि यस एल्बममा समावेश गीतहरुलाई झनै लोकप्रिय नबनाउला भन्न सकिन्न।

Related Articles

Check Also
Close
Back to top button