MUSIC

तिजलाई यतै घमाइलो उतै घमाइलो

सिनेमा संसार संवाददाता
काठमाडौं
तीजको अवसर पारेर सञ्चारकर्मी गीता अधिकारीको यतै घमाइलो उतै घमाइलो तीज गीत सार्वजनिक भएको छ।
नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको कार्यक्रममा गीत निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा घर्तीले गीतको तारिफ गर्दै उनले सबै महिलाको नेतृत्व गर्दै जागरणसम्बन्धि तीज गीका साथै सन्देश मुलक तीज गीत ल्याएको बताइन्।
सञ्चारकर्मी राधिका अधिकारीले सहजीकरण गरेको कार्यक्रममा गीतकार गीता अधिकारीले गीत, कविता लेख्दै आए पनि यो पहिलो तीज गीत भएको र सबैको साथ सहयोग पाउनेमा आशावादी रहेको बताइन्। गीतको भिडियोमा नेपालको पहिलो नायिका भुवन चन्द, पहिलो रंगिन सिनेमाकी नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरेलगायतकाको अभिनय रहेको छ।
सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको संगीत, सुदीप सागरको संगीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् भने वीरेन्द्र भाट ‘विपिन’ को छायाँकन र सम्पादन रहेको छ।

Related Articles

Back to top button