NEWS

कान्तिपुर सिनेमाजमा नेपाली फिक्सन

सिनेमा संसार संवाददाता
काठमाडौं ।
कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरको लागि सिनेमा रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । मदर, मुखिया, ऋतु, खरानी, पँखेटालगायत इन्डिपेन्डेन्ट सिनेमाको स्ट्रिमीङ्ग गरिरहेको ओटीटी प्लेटफर्मले आजबाट अर्को इन्डी सिनेमा नेपाली फिक्सनको स्ट्रिमीङ्ग सुरु गरेको छ ।
एक ग्याङ्गस्टारको घरमा लागुऔषधको समान पु¥याउन गएका दुई चोरबिच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव र लालचबाट निम्तिने अन्तरद्वन्द्वलाई सिनेमा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । सिनेमाको गत फागुन २ गते काठमाडौँस्थित विश्व ज्योति हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा नेपाली फिक्सनले उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
यो सिनेमा २०२२ मा बनाइएको थियो । यसका निर्देशक देवेन्द्र खत्री हुन् । उनी कान्तिपुर फिल्म एकेडेमीका फिल्म विद्यार्थी हुन् । उनले थुप्रै सर्ट सिनेम बनाएका छन् । उनी नेपाली सिरिज ब्रह्माण्ड, प्रदर्शनरत सिनेमा अगस्त्य’ र हाल छायांकनरत मेयरका सहायक निर्देशक हुन् ।
पाँच पात्र वरपर घुम्ने नेपाली फिक्सनमा पछिल्लो समयका उम्दा उदयमान सिनेमा स्कुल तथा थिएटरका कलाकारहरू सन्जोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा र रुपेश दाहालले अभिनय गरेका छन् । सिनेमामा आशिष घिमिरेको छायांकन र सजल लोप्चनको सम्पादन छ ।
यो सिनेमालाई संसारभरबाट कान्तिपुर सिनेमाजको वेभसाइट लगइन गरेर वा मोबाइलमा एप डाउनलोड गरेर पनि हेर्न सकिनेछ । हाल नेपाली फिक्सनसँगै यस ओटीटी प्लेटफर्ममा ब्रह्माण्ड, मिस स्कार्लेट, लभ सूत्र, जुलेबी, ज्याकी आई एम ट्वान्टी वान, चि मुसीलगायत २४ घण्टाका एक्सक्लुसिभ सिनेमा र सिरिज स्ट्रिमिङ भइरहेका छन् ।

Related Articles

Check Also
Close
Back to top button