CINEMAMUSICNEWS

गणपतिको गीत गाढा भई दियो सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
जेठ ५ गते रिलिज हुने सिनेमा गणपतिको गीत सार्वजनिक भएको छ। गाढा भई दियो बोलको गीत छोटो भर्सनमा रिलिज गरिएको हो।अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको गीतको शब्द तथा संगीत रचना निर्देशक अधिकारीले नै गरेका हुन्। गीतको भिडियोमा चलचित्रका मुख्य पात्रहरु मुकुन भुषाल र मेनुका प्रधानको दुई जीवनकाललाई देखाइएको छ।उक्त गीतलाई सिनेमामा नै पुरा हेर्न सकिने निर्देशक सबिन अधिकारीले बताए।निर्माता लक्ष्मण थापाले यो चलचित्रले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए। गणपतिले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताउ“दै कोहि व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बन्ने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने सिनेमामा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए ।सिनेमामा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।एबिगम्यान फिल्मस्को ब्यानरमा थापाले निर्माण गरेको सिनेमामा हरिबहादुर घलेको छायांकन रहेको छ ।

Related Articles

Check Also
Close
Back to top button